इटालिएन सिरी एमा शीर्ष स्थानमा रहेको एसी मिलानले बुधबार सिजनको पहिलो लिग हार बेहोरेको छ । युभेन्टसले उसलाई सानसिरोमा ३–१ ले हराएको हो ।युभेन्टसका लागि फेडरिको चिसाले दुई गोल गरे भने अर्को गोल वेस्टन म्याककेनीको नाममा रह्यो । डाविड कालाब्राले मिलानका लागि एक गोल गरे ।हारका बावजुद मिलान १६ खेलबाट ३७ अंकसहित शीर्ष स्थानमै छ…