नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त भएका छन् । पारसले सोमबार सामाजिक संजालमा आफूलाई संक्रमण भएको २५ दिनपछि आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको जनाएका छन् ।पारसले कोरोनामुक्भ भएसँगै सबैलाई धन्यावाद व्यक्त दिँदै २०२१ को लागि तयार भएको पनि बताएका छन् ।पारसले कोरोनाको लागेपछि चितवनमा भएको गौतम बुद्ध कप गुमाएका थिए ।