काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको रोमाञ्चक खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भिल्लारियलमाथि २-० गाेलको जित दर्ता गरेको छ। सिटीको जितमा युवा स्टार अर्लिङ हालान्ड ले खेलको १७औं मिनेट मा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि, पहिलो हाफ सकिनु केही समयअघि बर्नार्डो सिल्भाले ४०औं मिनेट मा दोस्रो गोल थपे। भिल्लारियलले खेलमा फर्कने…