काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्लब इतिहासमै पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पीएसजीले पहिलोपटक उपाधि उचालेको हो । पीएसजीको जितमा डिजेर डुवेले दुई गरे भने अच्राफ हाकिमी, ख्विचा क्वारत्स्खेलिया र सेनी मायुलुले एक/एक गोल गरे। खेलको सुरुदेखि…