काठमाडौं । अष्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेलले ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। ३६ वर्षीय म्याक्सवेलको यो निर्णय अष्ट्रेलियाले यस वर्षको च्याम्पियन्स ट्रफीको सेमिफाइनलबाट बाहिरिएपछि आएको हो। उनले सन् २०२२ मा खुट्टा भाँचिएपछि ओडिआई क्रिकेटको शारीरिक भार असहनीय भएको र च्याम्पियन्स ट्रफीका खेलहरूमा पनि आफूलाई असहज महसुस भएको बताएका छन्। टेस्ट क्रिकेटबाट औपचारिक…