काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । आज भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रन जोडेको हो । दिल्लीका लागि ओपनर केएल राहुलले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ्सको योगदान गरे । ५१ बलमा उनले ६…