काठमाडौं । अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले लेबनानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । म्यानमारको जितमा विन थेङ्गी तुन, स्वेय यी तुन र सान थाअले समान एक–एक गोल गरे । यता लेबनानका लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन् । खेलको पहिलो…