काठमाडौं । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको ‘इलिमिनेटर’ खेलमा चितवनलाई २१ रनले स्तब्ध बनाउँदै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । यो हारसँगै चितवन प्रतियोगिताबाट बाहिरिएको छ । चितवन त्यो टोली हो, जसले शीर्ष २ मा रहेका…