माछापुच्छ्रे बैंक पहिलोपटक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको सिजन ७ को च्याम्पियन बनेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई ८ विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि चुमेको हो । आईसीएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । माछापुच्छ्रेका लागि निशेष केसीले १४ बलमा तीन चौका…