काठमाडौं । फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । छनोट मे १३ तारिखदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए । छनोटमा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता रहने छ । प्रत्येक राष्ट्रबाट…