हेटौंडा। कोशी प्रदेश हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको तेस्रो दिनको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गरेको हो। खेलमा कोशी प्रदेशका निखील तामांग र आभिशेक बिकले १–१ गोल गरेका हुन्। खेलमा उत्कृष्ट प्रर्दशन गरेका कोशी प्रदेशका कमल खवासलाई…