साविक विजेता मच्छिन्द्र फुटबल क्लव विभागीय टोली त्रिभुवन आर्मी क्लवसँग बिहीवार पराजित हुँदा राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार भोगेको छ । ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्र त्रिभुवन आर्मी फुटबल क्लवसँग २–० गोल अन्तरले पराजित भएको हो । यससँगै साबिक विजेता मछिन्द्र फुटबल क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७९…