आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अहिले यूएईविरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाँचौं ओभरको तेस्रो बलमा दोस्रो विकेट गुमाएको हो । नेपालका कुशल भुर्तेल ८ रन बनाएर आउट भए । उनलाई यूएईका आयान खानले एलबीडब्लू आउट गराएका हुन् ।…