नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखलाका सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा रहेको बताएका छन् । विश्वकप क्रिकेट लिग -२ अन्तर्गत नेपालले बिहीवारबाट लिगको अन्तिम श्रृंखला खेल्दैछ । श्रृंखलामा भ्रमणकारी टोलीद्वय संयुक्त अरब इमिरेट्स (युएई), पपुवान्युगिनी (पिएनजी) र नेपालले सहभागिता जनाउँदै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने श्रृंखलामा…