साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ पौने ६ बजे सुरु हुनेछ। बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ। नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीलाई फाईदा हुने भएपनि कडा प्रतिस्पर्धा गर्ने बताए।…