नेपाल रग्बी संघको आयोजनामा तेश्रो फिफ्टिन्स रग्बी लिग आइतबारदेखि हुने भएको छ । लिगमा ४ टिमको सहभागिता रहने रग्बी संघका अध्यक्ष दीपक देवकोटाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्ने छन् । हिमालयन टाइगरमा दुई विदेशी खेलाडी…