इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले हराएको हो । इतिहाद स्टेडियम म्यानचेस्टरमा भएको खेलमा सिटीको सहज जितमा रोड्री, इल्केए गुन्डोगान र रियाद महारेजले गोल गरे । भिल्लाका ओली वाटकिन्सले एक गोल फर्काए । खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई…