फिफा विश्वकप २०२२ को सेमिफाइनलका खेल आजदेखि सुरू हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिना र क्रोएसिया कतारको लुसेल रंगशालामा राति १२ः४५ बजे भिड्दैछन् । यस्तै, दोस्रो खेलमा बिहीबार साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलले विश्व फुटबलका सुपरस्टार लियोनल मेसीको विश्वकप जित्ने इच्छाको निक्यौल गर्नेछ । गत वर्ष कोपा अमेरिकाको उपाधि जितेर आफ्नो…