दर्शकबिना फुटबल खेलको मज्जा नै हुँदैन । किनभने फुटबल खेलमा २३ जना खेलाडी मात्र मैदानमा भिडिरहेका हुँदैनन् । खेल मैदानबाहिर दर्शक पनि सँगसँगै आफूलाई खेलमा संलग्न गराइरहेका हुन्छन् । दर्शकले नै आफूले समर्थन गरेको टोलीको हौसला बढाइरहेका हुन्छन् भने विपक्षी टोलीलाई गिज्याएर उनीहरूको लय बिगारिरहेका हुन्छन् । कतारमा जारी विश्वकप फुटबल यतिबेला अन्तिम चरणमा प्रवेश गरिसकेको…