तेस्रो चरणको खेलमा भारतलाई १२–१० को स्कोरले पराजित गर्दै नेपालले सान्त्वना जित निकाले पनि एशिया रग्बी यु–१८ पुरुष सेभेन प्रतियोगितामा नेपाल समूह चरणमै सिमित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको खेलमा नेपालले भारतलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाले पनि अंकको आधारमा पछि पर्दै समूह चरणमा सिमित भएको हो । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग…