नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशमा आज सरकारी वकिलहरुले बहस गरेपछि थुनछेक बहस सकिएको हो । मंगलबारदेखि सुरु भएको थुनछेक बहसमा सन्दीपको पक्षमा बिहीबार ८ जना वकिलहरूले बहस गरेका थिए। जसमा वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल…