यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत नकआउट चरण अर्थात् राउण्ड अफ १६ को ड्र सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक भएको ड्र अनुसार लालिगा क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुल यस पटक राउन्ड अफ १६ चरणमा भिड्ने भएका छन् । यी दुई टोली गत सिजन च्याम्पियन्स लिगको फाइनलमा भिडेका थिए, जहाँ रियलले बाजी मारेको थियो । …