काठमाडौं । हिमाली क्षेत्रमा अवैधरूपमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट सञ्चालन नरोकिएपछि सरकारले बन्द गर्न चेतावनी दिएको छ। पटक–पटकको प्रयास र ‘लबिङ’का बाबजुद विश्व धनाढ्य इलोन मस्कको स्टारलिंकले नेपालमा अनुमति नपाए पनि हिमाली भेगमा भने अवैध रुपमा प्रयोग भइरहेको छ। पर्वतारोहणमा आउने पर्यटकले त्यसलाई प्रयोग गर्ने गरेका छन्। दुर्गम र अग्ला हिमालहरूको आधार शिविरमा विना लाइसेन्स र…