काठमाडौं । विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तार गर्ने प्रतिस्पर्धा तीव्र भइरहेका बेला फेसबुकको मातृ कम्पनी मेटाले भारतमा पहिलो एआई–सक्षम डाटा सेन्टर निर्माणका लागि रिलायन्स इन्डस्ट्रिजसँग साझेदारी गरेको छ । यो परियोजना भारतको गुजरात राज्यस्थित जामनगर जिल्लामा निर्माण गरिनेछ । दुवै कम्पनीले बुधबार संयुक्त रूपमा घोषणा गर्दै उक्त डाटा सेन्टरले जेनेरेटिभ एआई सेवाहरूलाई समर्थन…