कोभिड-१९ का कारण वैशाख अन्तिम सातादेखि बन्द रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँ होमस्टे पर्यटकका लागि खुला गरिएको छ। एक हप्ता अघिदेखि घलेगाउँको होमस्टे खुला गरिएको हो। बन्दाबन्दीसँगै घरवास व्यवसाय संकटमा परेकाले पर्यटकलाई प्रवेश गर्न दिइएको र पर्यटन व्यवसायलाई खुला गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए। घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर…