क्यानबेरा । एक तिहाइभन्दा बढी अस्ट्रेलियालीलाई आफ्नो हालको आम्दानीले बाँच्न गाह्रो भएको एक सर्वेक्षणले देखाएको छ । अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) का शोधकर्ताहरूले बुधबार एएनयुपोलको प्रकाशित गरेको पछिल्लो संस्करणको नतिजाले सन् २००८ देखि अस्ट्रेलियालीको विचारमाथि पछ्याउँदै आएको छ । यसले जनवरीसम्म चार हजारभन्दा बढी उत्तरदातामध्ये ३४ दशमलव दुई प्रतिशतलाई आफ्नो हालको आम्दानीबाट गुजारा चलाउन गाह्रो…