बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बङ्गलादेश अवामी लिगले बहुमत प्राप्त गरेको छ। प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन्। ३०० सिटका लागि भएको आम निर्वाचनमा बङ्गलादेश अवामी लिगले करिब २०० सिटमा जित हासिल…