बंगलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा.मुहम्मद युनुसलाई ६ महिनाको जेल सजाय सुनाइएको छ। बंगलादेशको श्रम कानून उल्लंघन गरेको अभियोगमा सोमबार अदालतले उनलाई जेल सजाय सुनाएको हो। युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन्। श्रम अदालतका न्यायाधीश शेख मरिना सुल्तानाले फैसला सुनाउँदै श्रम कानून उल्लङ्घन गरेको…