काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको घातक आत्मघाती आक्रमणपछि पहिलेदेखि तनावपूर्ण रहेको पाकिस्तान–अफगान सम्बन्धलाई थप चिस्याउने सङ्केत देखिएको छ । पाकिस्तानले उक्त आक्रमण अफगानिस्तानमा आश्रय लिएर बसेका आतङ्ककारी समूहले योजनाबद्ध रूपमा गराएको दाबी गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा अफगान कार्यवाहक राजदूतलाई मन्त्रालयमा बोलाएर औपचारिक रूपमा आपत्ति जनाइएको जनाएको छ ।…