काठमाडौं । मलेसियाको सबाह राज्य नजिक सुलु सागर क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सोमबार स्थानीय समयअनुसार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्प समुद्रमुनि करिब ६२० किलोमिटर गहिराइमा गएको जनाइएको छ। विशेषज्ञहरूका अनुसार यति गहिराइमा जाने भूकम्पले सतहमा कम असर पार्ने भएकाले ठूलो क्षति हुने सम्भावना कम हुन्छ।…