रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्बिर सार्वजनिक भएको छ । रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरूले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । बुधवार मात्र अमेरिकी राष्ट्रपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै…