काभ्रेपलाञ्चोक। तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रमेका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उनले वार्षिक रु ३० लाखको आम्दानी पनि गरिरहेका छन्। कोरोना महामारीका बेला खेती थालेका उनी भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी भएका छन् । “बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ” व्यवसायी विष्टले भने,“स्थानीय बजारमा प्रतिकिलो रु…