पर्वत। परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नहुँदा पर्वतको जलजला गाउँपालिकाका किसान अहिले ओखर खेतीतर्फ आकर्षित हुन थालेका छन्। पहाडी भेगका धेरै जमिन बाँझो बस्न थालेपछि किसानहरूले त्यसलाई उपयोग गर्दै ओखरलाई नगदे बालीका रूपमा रोज्न थालेका हुन्। पहिले मकै, कोदो र धान लगाइने धेरै खेत अहिले जनशक्ति अभावका कारण बाँझो हुने अवस्थामा पुगेका छन्। युवा रोजगारीका लागि…