काठमाडौं। निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गर्दै निर्वाचन आयोगले बालेन शाह, महेश बस्नेत, हर्क साम्पाङ र निकोलस भुसालसँग स्पष्टीकरण मागेको छ । चुनावी प्रचारका क्रममा दिएका अभिव्यक्ति, गतिविधि र प्रचार शैली आचारसंहिताविपरीत भएको उजुरीपछि आयोग सक्रिय बनेको हो। सामाजिक सञ्जालदेखि सार्वजनिक भाषणसम्म प्रयोग भएका शब्द, बालबालिकाको प्रयोग, समुदायप्रति अपमानजनक अभिव्यक्ति र चुनाव चिह्नको दुरुपयोगजस्ता विषय आयोगको…