काठमाडौँ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास दिलाएर चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्रमा पुगेका छन्। मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुने आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारले के–कस्ता एजेन्डा लिएर आएका छन् र कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा मतदाता आ–आफ्नो अनुमान लगाइरहेका छन्। अघिल्ला निर्वाचनको तुलनामा यसपटक…