रसुवा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका नौ जनाको धरौटी जफत भएको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार छ दल र तीन स्वतन्त्र उम्मेदवारको धरौटी जफत भएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ अनुसार नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद…