चितवन। चितवन निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरसहित विजयी भएकी छन्। गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन्। गौतम र दाहालबीचको मतान्तर ३८ हजार ६६२ पुगेको छ, जुन…