काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा गृहमन्त्री ओमप्रकाश अर्यालले देशभरि सुरक्षा व्यवस्थापन चुस्त बनाउन सक्रियता बढाएका छन् । पछिल्ला तीन सातायता उनले गृहसचिव, मन्त्रालयका महाशाखा प्रमुख र सुरक्षा निकायका उच्च अधिकारीसँग नियमित बैठक गर्दै सुरक्षा अवस्था मूल्याङ्कन र चुनावी तयारी समन्वय गर्दै आएका छन्। मंगलबार उनले तराईका विभिन्न क्षेत्रमा होली मनाउने तयारीको अपडेट लिँदै…