गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक गरेकी छन् । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी उनले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा इन्दिराकै स्वर, शब्द र संगीत रहेको छ भने किरण तुलाधरले एरेन्ज गरेका छन् । रोमान्टिक शैलीको गीतको भिडियोमा इन्दिरा स्वयं र निराजन प्रधान फिचर्ड छन् । भिडियोको निर्देशक प्रवीण सिंह हुन् ।…