काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । मंगलबार आयोगले सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी निरीक्षक कुँवरमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जानकारी दिएको हो । राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक कुँवरले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन,…