काठमाडौँ । वेस्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लारा आज बिहान नेपाल आइपुग्ने छन् । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को अवलोकनका लागि लारा नेपाल आउन लागेका हुन् । संसारभर चर्चित दिग्गज क्रिकेटर लाराले सन् १९९६ देखि २००७ सम्म क्रिकेट खेलेका छन् । उनको नाममा…