काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ। महानगरले नेपालका खेल तीन ठाउमा लाइभ देखाउन लागेको हो। नेपाली समयअनुसार आज साँझ सवा नौं बजेदेखि खेल हुनेछ। यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन्। महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह-आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा…