काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि बजार अभावका कारण किसान चिन्तित छन् । पाँचखाल, मण्डनदेउपुर, नाला तथा पनौती क्षेत्रमा अहिले धमाधम आलु खन्ने काम भइरहेको छ । खेतमा आलुका बोरा थुप्रिएका छन् भने सडकछेउमा पनि आलुको चाङ देखिन्छ । तर बजार मूल्य घट्दा किसान उत्साहित छैनन् । खेतमै पुग्ने व्यापारीसमेत…