काठमाडौं। प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक सांसद छनोटको अन्तिम तयारीमा जुटेको छ । सोही विषय टुंग्याउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ। बैठकमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पार्टीले पाएको चार सिटका लागि उम्मेदवारको नाम सिफारिस गर्ने मुख्य एजेन्डा रहेको छ । निर्वाचन परिणामअनुसार राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ६८४…