धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ। यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरूपी पहाड छ। त्यही पहाडको तल्लो भागमा रहेको गुफालाई लुङबुक गुफा भनिन्छ। अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ। बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरूप हिउँदयाममा पूर्ण रूपमा परिवर्तन हुन्छ। प्रायः मङ्सिरदेखि चैत महिनासम्म गुफा हिउँको घुम्टोभित्र लुकेको हुन्छ।…

Logo