काठमाडाैं । वर्षा र पहिरोका कारण नेपालका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार संखुवासभाकाे भोटखोला गाउँपालिका-४ बरुणमा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । यसैगरी रसुवाकाे गोसाइँकुण्ड गाउँपालिका-२ मा नेपाल-चीन जोड्ने पुल र पासाङ ल्हामु राजमार्ग बाढीका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेशमा…