काठमाडौं । शिक्षासेवी उमेश श्रेष्ठ ‘प्रोज्ज्वल नक्षत्र सम्मान, २०८२’बाट सम्मानित भएका छन् । केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्राे संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’मा शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै शिक्षासेवी श्रेष्ठलाई यो प्रतिष्ठित उपाधि प्रदान गरिएको हो। आफ्नै लगनशीलता, दूरदृष्टि र पौरखका माध्यमबाट शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रहरूमा श्रेष्ठले उल्लेखनीय…