काठमाडौं ।नायिका ऋचा शर्माको निर्माण गरेको चलचित्र सुनकेशरीको टिजर सार्वजनिक भएको छ । चलचित्रमा एउटा पुरानो दरबारमा रहेको भुतको कहानीलाई समेटिएको छ ।ऋचा शर्माको अभिनय रहेको चलचित्र अस्ट्रेलियामा छायाकंन गरिएको हो । अपर्ण थापाको निर्देशन रहेको चलचित्रमा सन्नी ढकाल, रविन्द्र झा लगायतका कलाकारको भूमिका रहेको छ ।चलचित्र आगामी जेठ ११ गते प्रदर्शनमा आउने छ ।