काठमाडौं, २८ मंसिर । अभिनेता गौरव पहारीले चलचित्र क्षेत्रमा आफ्नो भूमिका परिवर्तन गर्दै चलचित्र निर्माण गर्ने भएका छन् । हेमन्त रानाको सुन साईंली बोलको गीत युट्युबमा अत्याधिक सफल भएपछि जिएच इन्टरटेन्टमेन्टले ‘साईली’ नामक चलचित्र निर्माण गर्ने घोषणा गरेको छ । बिहिबार आयोजना भएको एक कार्यक्रममा चलचित्र निर्माणको घोषणा गरिएको हो । गीतमा जस्तै चलचित्रमा पनि…