नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ले यतिबेला सामाजिक सञ्जालमा आलोचना खेपिरहेको छ। विशेष गरेर प्रतिस्पर्धीहरूमाथि निर्णायकको प्रतिक्रियाले दर्शक नै रुष्ट बन्दा च्याम्पियनले नै आलोचना भोगिरहेको छ। यद्यपी, गायक बद्री पंगेनीले भने यसलाई केही सहजरूपमै ब्रिफिङ गरिदिएका छन्। बुधबार सञ्चारकर्मीहरूसँगको भेटमा पंगेनीले सुरुका केही एपिसोडमा कमजोरी भएको स्वीकार गर्दै दर्शकहरुले दिएको गालीलाई आर्शिवादको रुपमा लिइने बताए।…